लागुऔषधसहित ३ जना पक्राउ
कास्की | जेठ २७, २०७९
कास्की: जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्ला स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं.८ बस्ने वर्ष २५ को बिराज हमाल, पुतलीबाजार नगरपालिका ४ बस्ने वर्ष २६ को देवान्स थापा र आँधिखोला गाउँपालिका ३ बस्ने २० वर्षिय मनीष पौडेल रहेका छन् ।
कास्की प्रहरीका अनुसार उनीहरुलाई गत २५ गते करिब साढे ४ बजे लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला पोखरा ९ नागढुंगाबाट लागुऔषधसहित पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट ७० एम्पुल डाईजापाम,१२० एम्पुल फेनेरागन, ९५ एम्पुल नुर्फिन गरी कुल २८५ एम्पुल लागुऔषध र ४ थान मोबाइल बरामत गरेको कास्कीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक सुन्दर तिवारीले बताए ।
उनका अनुसार पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट लागुऔषध सम्बन्धि कसुरमा ७ दिन म्याद थप गरि अनुसन्धान अगाडी बढाइएकोे छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

